
काठमाडौं । केही दिनयता डलरको भाउ निरन्तर कमजोर बनिरहेको छ । डलरको भाउ तीन दिनमा डेढ रुपैयाँ बढीले घटेको छ ।
अमेरिकी डलर कमजोर हुँदा नेपाली रुपैयाँ बलियो भएको छ । भारतीय मुद्रा डलरको तुलनामा बलियो बनेका कारण भारतीय मुद्रासँगको स्थिर विनिमय दरका कारण नेपाली रुपैयाँ पनि बलियो हुन पुगेको हो ।
लामो समयदेखि १ सय २१ रुपैयाँ हाराहारी रहेको डलर अहिले १ सय १९ रुपैयाँ हाराहारीमा झरेको छ । आइतबार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ १२ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ७२ पैसा रहेको छ । डलरको भाउ घट्दा आयातमा आधारित अर्थतन्त्रका लागि भने फाइदा हुनेछ ।
फेसबुकमा तपाईको प्रतिक्रिया