मनोरन्जन

प्रियंकालाई पछ्याउने १० लाख नाघे


      २०७७ असार २१, आईतवार ०७:२२

नायिका प्रियंका कार्की सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । प्रियंकाले आफ्नो दैनिकीदेखि विभिन्न क्रियाकलापहरू सामाजिक सञ्जालमा हालिरहेकी हुन्छिन् । प्रियंका आफ्ना शुभचिन्तकहरूसँग नजिक हुन समय समयमा लाइभ तथा प्रश्न-उत्तर गरिरहेकी हुन्छिन् ।

उही प्रियंकालाई सामाजिक सञ्जाल इन्स्टाग्राममा पछ्याउनेको संख्या १० लाख नाघेको छ । शनिबार प्रियंकाको इन्स्टामा १० लाख फलोअर्स नाघेको हो ।

आफ्नो इन्स्टामा १० लाख फलोअर्स पुगेकामा प्रियंकाले खुसी व्यक्त गरेकी छन् । आफूलाई फलो गर्ने सम्पूर्ण शुभचिन्तकहरूलाई प्रियंकाले धन्यवाद दिएकी छन् । दर्शकको यो मायाबाट आफू थप जिम्मेवार बनेको प्रियंकाको भनाइ छ ।

१० लाख फलोअर्स नाघेपछि प्रियंकालाई धेरैले बधाई दिएका छन् ।

इन्स्टामा प्रियंकाका निकै बोल्ड तस्वीरहरू देख्न पाइन्छ । पछिल्लो समय इन्स्टामा प्रियंकाले आफ्नो र श्रीमान् आयुष्मान देशराज जोशीसँगका तस्वीर शेयर गरिरहेकी हुन्छिन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु