देश

नेकपा स्थायी समिति बैठक फेरि स्थगित !


      २०७७ असार २४, बुधबार ०६:०७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक फेरि स्थगित भएको छ। मंगलबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज (बुधबार) बस्ने बैठक तोकिएकै समयमा बस्ने सहमति भएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले स्थायी समिति बैठक थप दुई दिनका लागि स्थगित भएको जानकारी दिए । उनले बैठक पर्सि (२६ गते) ११ बजे बस्नेगरी स्थगित गरिएको जानकारी दिए।

हिजो अध्यक्षद्वयबीचको भेटवार्तापछि आजको लागि बोलाइएको स्थायी कमिटी बैठक निर्धारित समयमा बस्ने र स्थायी कमिटी बैठकमा बाँकी विषयमा छलफल गर्ने सहमति भएको थियो ।

मदन जयन्तीको दिन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको र त्यसमा आफ्नो पार्टीका नेताहरु लागेका आरोप लगाएका थिए ।

त्यसपछि स्थायी कमिटीका धेरै सदस्यहरुले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् । तर अ‍ोलीले दुवै पदबाट राजीनामा नदिने बताइसकेका छन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु