देश

बहुप्रतिक्षित पिसिआर ल्यावको उद्घाटन बुधबार, प्रदेश १ का प्रमुख प्यासी आउँने


      २०७७ भाद्र ३०, मंगलवार १२:५८

जनस्तरमा गठित एकका लागि एक अभियानले खरिद गरी सरकारलाई हस्तान्तरण गरेको कनकाईको पीसीआर ल्याव बुधवार उद्घाटन हुने भएको छ ।
एकका लागि एक अभियानले जनाए अनुसार बुधवार दिउँसो १ बजे कनकाई कोटीहोमस्थित समर्पण भवनमा ल्यावको उद्घाटन प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले गर्नेछन् ।

प्रयोगशालामा चार पाँच सय नमुना परीक्षण भइसकेको र त्यसले अपेक्षित नतिजा दिएपछि मात्र उद्घाटनको तयारी गरिएको एकका लागि एक अभियानका संयोजक महेन्द्र गिरीले जानकारी दिए ।

ल्याब जनस्तरबाट खरिद गरिए पनि सञ्चालनको जिम्मा मेची प्रादेशिक अस्पतालले पाएको छ ।

कनकाईमा राखिने ल्यावलाई अनुमति दिने कि नदिने भनी लामो समयसम्म विवाद चलेको थियो । अन्नतः सरकारले चलाउने गरी कनकाईमै ल्याव राख्ने सहमति भएको थियो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु