#

कोरोनाको कहाली : खेलकुदका गतिविधि बन्द, नेपाली खेलाडीहरु आर्थिक रुपमा थला परे


कोरोनाको कहालीले लामो समय खेलकुदका गतिविधि बन्द हुँदा नेपाली खेलाडीहरु आर्थिक रुपमा थला परेका छन् । खेलकुदमा लामो समयदेखि लागेको बन्दाबन्दीले अन्तर्राष्ट्रियस्तरमा पदक दिलाउने खेलाडीहरु नै पलायन हुने चिन्ता बढेको छ । तर, पनि खेलाडीहरूको भविष्य सुनिश्चितताका लागि सरकार, खेलकुद मन्त्रालय र राखेपले खेल सञ्चालन गर्न कुनै प्रोटोकल निर्माण गर्न सकेको छैन् ।

कोभिड–१९ ले सबै क्षेत्र तहसनहस पार्दा खेलकुदमा यसल झनै नकारात्मक असर पु¥याएको छ । अन्य राष्ट्रले खेलकुदलाई सुरक्षित रुपमा बाहिर ल्याउदाँ नेपालमा भने यसबारे कसैको ध्यान पुगेको देखिदैन । अर्थात कोरोनाले थलिएको खेलकुद अब कसरी अगाडि बढ्छ बिषयले प्राथमिकता नै पाएको छैन् । खेलकुदमा ६ महिना बढी लागको बन्दाबन्दीले खेलाडीले आर्थिक संकट, मनोबैज्ञानिक असरका समस्या मात्र व्यहोरेका छैनन् उनीहरुमा आफ्नो भविष्यलाई लिएर चिन्तित बन्न थालेका छन् । यस्तै अवस्था रहिरहने हो भने अहिले अन्तर्राष्ट्रिस्तरमा नेपाललाई पदक दिलाउने खेलाडी र भर्खरै खेलकुदमा जम्न थालेको खेलाडीहरु पलायन हुने सम्भावना बढेको खेलकुदका जानकारहरुको बुझाई छ ।

लामो समय अभ्यास, प्रशिक्षण गर्न नपाउँदा खेलाडीको स्तर घट्नु र उनीहरमा नैराश्यता उत्पन्न स्वाभाविक पनि हो । यस्तो अवस्थामा नयाँ खेलाडी उत्पादन भन्दा पनि भएकै खेलाडीलाई कसरी जोगाउँने भन्ने तर्फ सोच्न जरुरी भइसकेको जानकारहरु बताउँछन् । अन्यथा नेपाली खेलकुदले हालसम्म प्राप्त गरेको उपलब्धि जोगाउने र खेलकुदको विडो थाम्ने पुस्ताको उत्पादनमा निकै चुनौती थपिने निश्चित भएको उनीहरु बताउँछन् । त्यसैले समयैमै खेलकुदमा लागेको चक्का जाम खुलाउन सम्बद्ध निकायबीच छलफल हुनुपर्ने जानकारहरु बताउँछन् ।

उसो त सरकारले लगाएको पहिलो चरणको लकडाउन खुलेपछि खेलकुद गतिविधि सञ्चालनमा आउने तयारी थियो, तर कोरोना प्रभाव तथा जोखिम अझ बढेपछि पुनः फर्कने तरखरमा रहेका सबै खेलकुद योजना अलपत्र परे । तर, अब भविष्य हेरेर खेल क्षेत्रलाई जीवन समर्पित गरेका र यो क्षेत्रमा आउने तयारीमा रहेका नयाँ पुस्ताको लागि पनि खेलकुद गतिविधि सुरु गर्नुको विकल्प छैन ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु