देश

धरानको कोभिड अस्पतालमा सप्तरीका एक जना कोरोना सङ्क्रमितको मृत्यु


      २०७७ भाद्र ३१, बुधबार ०३:१८

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचाररत सप्तरीका एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

सप्तरीको खडक नगरपालिका ३ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । सप्तरीको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालले कोरोना सङ्क्रमण भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरेको थियो । बिरामीमा मिर्गौलाको समस्या रहेको, हप्तामा २ पटक डाइलसिस गर्दै आएको र उच्च रक्तचाप पनि रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् । उनका अनुसार आज बिहान ६ः१० मा बिरामीको उपचारको क्रममा मृत्यु भएको हो ।
सप्तरी जिल्लामा यो सँगै मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ भने कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ९० पुगेको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु