#

झापाको कमलमा राप्रपाको संगठन निर्माण तिब्र


झापाको कमल गाँउपालिका वडा नम्बर ७ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा समिति गठन गरेको छ ।
आज पार्टी कार्यकर्ताहरुको वडा स्तरीय भेलाले लयप्रसाद उप्रेतीको अध्यक्षतामा वडा समिति गठन गरेको हो । गठित समितिको उपाध्यक्षमा चौवान मिश्र, सचिवमा दिपक बोहोरा, सहसचिवमा श्रीमान कटुवाल र कोषाध्यक्षमा उर्मिला खड्का रहनु भएको छ ।
यस्तै सदस्यहरुमा गोविन्द चम्लागाई, मञ्जु भण्डारी, प्रेमप्रसाद सेढाई, खेम सुवेदी, ताराचन्द्र सुब्बा, तिलोचन ढकाल, देवी वस्नेत र राजेन्द्र धिमाल चयन हुनु भएको छ ।
वडा भेलामा पार्टीका गाँउपालिका अध्यक्ष विष्णु पौडेल, जिल्ला सदस्य सन्तोष कार्की, कमल ५ का पार्टी अध्यक्ष खड्ग बहादुर श्रेष्ठ लगायतका नेता तथा कार्यकर्ताहरु उपस्थिति रहेको थियो ।
राजसंस्थासहितको हिन्दु राष्ट्रको वकालत गर्दैआएको राप्रपाले कमलमा सांगठानिक विस्तार गर्दे धमाधम सातवटा वडामा पार्टी गठन संगै विभिन्न अभियान सञ्चालन गरेको पार्टी परिचालन तथा अनुगमन समितिका संयोजक दिपक खरेलले जानकारी दिनुभयो । आगामी महीना दिन भित्रमा कमल भरि पार्टी संगठन निर्माण गरिसक्ने उहाँले वताउनु भयो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु