#

गौरादहमा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी


झापाको गौरादहमा आज १ जना स्वास्थ्यकर्मी महिलामा कोरोना संक्रमण पुष्टी भएको छ । २४ वर्षिय १ महिलामा संक्रमण पुष्टी भएको हो ।

कोरोना संक्रमणको आशंकामा पीसीआर परीक्षण गरिएका ५४ मध्ये ५२ जनाको यसअघि रिपोर्ट नेगेटिभ आएको थियो । समुदायका १ महिला र १ पुरुष गरि २ जनाको रिपोर्ट होल्डमा राखिएको थियो । होल्डमा राखिएको २ जना मध्ये १ जना महिलाको रिपोर्ट पोजेटिभ आएको छ भने, अर्का १ पुरुषको रिपोर्ट नेगेटिभ आएको गौरादह नगर स्वास्थ्य शाखा संयोजक पर्शुराम भट्टराईले जानकारी दिए ।

आज संक्रमण पुष्टी हुने महिला संक्रमित महिला गौरादह-५ की रहेकी छन् । दमकको लाइफ लाइन अस्पतालमा कार्यरत महिलामा संक्रमण भेटिएकाे संयाेजक भट्टराईले बताए ।
गौरादहमा हालसम्म १ हजार ३ सय ८६ जनाको पीसीआर परीक्षणको लागि स्वाब संकलन गरिएको छ । जसमा समुदायका ५ सय ५४ जना रहेका छन् भने, ८ सय ३२ जना क्वारेन्टाइनका रहेको बताईएकाे छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु