देश

एकल महिलाको संरक्षणमा रहेका बालिका एसओएसले लियो जिम्मा


      २०७७ भाद्र ३१, बुधबार १८:४६

मानव अधिकारका लागि एकल महिला झापाको संरक्षणमा रहेका दुई बालिकालाई अभिभावकत्वका लागि एसओएस बालग्राम इटहरीको जिम्मा लगाइएको छ ।

६४ दिनयता अभिभावकविहिन भएका ती बालिकालाई संरक्षण गरिरहेको एकल महिलाले भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको रोहवरमा बाल ग्रामका प्रमुख डिसी चौधरीलाई जिम्मा लगाइएको हो ।

आफन्तबाट यौन हिंसामा परेका बालिकाका अन्य आफन्त नभएपछि एकल महिलाको छहारीमा असार ३१ गतेयता संरक्षण गरेर राखिएको थियो । कञ्चना सिटौलाको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, एकल महिला झापाकी अध्यक्ष रेखा अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु