#

सुशासन समितिसँग डराएकै हुन् त गाैरादह नगर प्रमुख, उपप्रमुख र अधिकृत ?


गाैरादह नगरपालिकामा सुशासनकाे बिषयमा बुझ्न पुगेका नागरिक टाेलि रित्तै फर्किएकाे छ । सुसासनकालागी संघर्ष समिति गौरादहका पदाधिकारि सहितकाे ५० जनाकाे टाेलि नगरपालिकामा जिम्मेवार पदाधिकारि नभेटेपछि रित्तै फर्किएकाे हाे ।

संघर्ष समितिले भदाै १७ गते १३ बुदे मागपत्र नगरप्रमुख राेहित कुमार शाहलाई बुझाएको थियाे । त्यसैकाे सिलसिलमा हिजै अग्रिम सुचना दिएर नगरपालिका पुगेका उनिहरु मेयर , उपमेयर र कार्यकारि अधिकृत काेहि नगरपालिकामा नभेटिएपछि रित्ताे हात फर्कनुपरेकाे सुसासनकालागी संघर्ष समितिका राजन खनालले बताए ।

गाैरादह नगरपालिका भित्र बेथिति, विसङ्गती बढेकाे भन्दै त्यस विरुद्ध संघर्ष समिति बनाएर नागरिकहरुले खबरदारी गर्दै आएका छन । समितिले त्यसकालागी नगरपालिकाले के कति काम अगाडि बढायाे भन्ने बिषयमा बुझ्न हिजै अग्रिम सुचना दिएर बुधबार जादा पनि नगरका जिम्मेवार पदाधिकारि काेहि कार्यलयमा नभेटिनु दु:खद भएकाे संघर्ष समितिका सह – संयाेजक अनिस कार्किले बताए । कार्किले हिजाे फाेन गरेर अाउदैछाै भनेर हामी गएका थियाैं , तर मेयर पश्चिम , उपमेयर फिल्डमा र कार्यकारि अधिकृत नगरकाे कामले बाहिर छु भनेर नगरपालिका पदाधिकारिहरु जवाफदेहिताबाट पन्छिन खाेजेकाे बताए ।

संघर्ष समितिले बुझाएको मागपत्रमा महालेखा परिक्षण प्रतिबेदन २०७७ ले औल्याएका विषयहरु यथाशीघ्र समाधान गरि सुशासनयुक्त नगरपालिका निर्माण गर्न माग गरिएको छ ।

यस्तै सार्वजनिक अडिट र सार्वजनिक सुनुवाई आउदो असोज भित्र हुनुपर्ने, स्थानीय सरकार संचालन ऐन २०७४ दफा ७८ बमोजिम आन्तरिक नियन्त्रण प्रणाली समबन्धि कार्यबिधि हालसम्म नबनाउनुको कारण सार्वजनिक गर्नुपर्ने, अख्तियारमा उजुरी परेका योजना बारे सत्यतथ्य बाहिर ल्याउनु पर्ने, वडामा स्थापना गरिएको फुड बैंकको अवस्था सार्वजनिक गर्नुपर्ने उल्लेख गरिएको छ ।
त्यस्तै नगरपालिकाले खरिद गरेका मोटरसाइकल महंगा, माईलेज कम हुने, खर्चिलो प्रकृतिको खरिद गर्नुको कारण सार्वजनिक गर्नुपर्ने, चालु खर्चमा मितव्ययिता अपनाउन आवश्यक कार्यबिधि बनाउनुपर्ने, १४ लाख रुपैयाँ नगरबाहिर बिनियोजन गरिएको हुदा त्यसलाई सच्च्याउनु पर्ने लगयातका माग छन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु