#

लिग वान फुटबल : पीएसजीले मेट्जलाई १–० ले हरायो


लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पहिलो जीत निकालेको छ ।

नयाँ सिजनको तेस्रो खेलमा पीएसजीले पहिलो जीत हात पारेको हो । बुधबार राति भएको खेलमा पीएसजीले मेट्जलाई १–० ले हरायो ।

दोस्रो हाफको इन्जुरी समयमा जुलियन ड्रेक्सलरको गोलमा पीएसजीले तीन अंक बटुलेको हो ।

निलम्बनमा रहेको नेयमार र कोरोना संक्रमणका कारण एम्बाप्पेबिना खेलेको पीएसजीले कठिन जीत हात पारेको हो ।

खेलको ६५ औं मिनेटमा पीएसजीका अब्दु डायलो दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । ड्रेक्सलरले १० खेलाडीमा सिमित बनेको पीएसजीलाई खेलको इन्जुरी समयमा गोल गर्दै जीत दिलाएका हुन् ।

जीतसंगै पीएसजीले तालिकामा ३ अंक जोडेको छ । लिगको सुरुवाती दुई खेलमा पीएसजी पराजित भएको थियो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु