देश

बालिका खड्काले फिर्ता लिईन प्रदेश १ का मुख्यमन्त्री राई बिरुद्धको मुद्धा


    अनलाईन युवा   २०७७ आश्विन १, बिहीबार ०९:५६

आफुलाई पति बनाउनु पर्ने भन्दै मुद्दा गर्दै आएकी दोलखाकी नेकपा कार्यकर्ता बालिका खड्काले मुख्यमन्त्री शेरधन राईविरुद्धको मुद्दा फिर्ता लिएकी छिन् । आफुले लगाएको आरोप झुठो भएको भन्दै उनले बुधवार काठमाडौं जिल्ला अदालतबाट मुद्दा फिर्ता लिइन् ।

उनले राई मुख्यमन्त्री हुनुभन्दा पहिलेदेखि नै आरोप लगाउँदै आएकी थिइन् । यो विषय पार्टी र मिडियासम्म पुगिसकेको थियो ।

युवतीको निवेदन बमोजिम जिल्ला अदालतले राई विरुद्ध लागेको अंश मुद्दा खारेज गरी लगत कट्टा गरेको छ । युवतीले अंश मागेकी थिइन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासले अंश चलनको मुद्दा फिर्तासम्बन्धी आदेश दिएको हो ।

‘म आफू अरुको दुरुत्साहनमा परी शेरधन राईकी श्रीमती भनी दाबी गरी अंश माग गरिएको हो,’ यौन दुव्र्यवहारको आरोप लगाउँदै आएकी खड्काले बुधबार जिल्ला अदालतसमक्ष गरेको कागजमा भनेकी छिन् ।

उनले नेकपा नेता कृपासुर शेर्पाको उक्साहटमा आफूविरुद्ध मुद्दा हालेको भन्दै शेरधनले तत्कालीन एमालेका अध्यक्ष केपी ओलीसमक्ष निवेदन दिएका थिए । तर, पार्टीले आफूलाई न्याय नदिएको शेरधनले गुनासो गर्दै आएका थिए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु