#

भारतका केन्द्रीय मन्त्री हरसिमरत कौर बादलद्वारा राजीनामा


भारतका केन्द्रीय मन्त्री हरसिमरत कौर बादलले राजीनामा दिएकी छिन् । भारत सरकारले बिहीबार कृषि सम्बन्धि अध्यादेश ल्याएपछि केन्द्रीय मन्त्री एवं शिरोमणि अकाली दलकी सांसद बादलले मोदी सरकारको क्याबिनेटबाट राजीनामा दिएकी हुन् । बीजेपीकी सहयोगी समेत रहेकी अकालीले दलकी सांसदले अध्यादेशको विरोधमा राजीनामा दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । योसँगै मोदी क्याबिनेटमा झट्का लागेको जनाइएको छ । बिहीबार लोकसभामा बिल पेश भएसंगै शिरोमणि दलका सांसद सुखबीर सिंह बादले सदनमै विरोध जनाएका थिए । मोदी सरकारलाइ चुनौती दिँदै हरसिमरत कौरले मन्त्रीपदबाट राजीनामा दिनुहुने बताएका थिए । अध्यादेशले भारतका २० लाख किसानलाइ प्रत्यक्ष असर पर्ने उनको दाबी छ । तर अकाली दलले मोदी सरकारको समर्थन भने जारी नै राखेको पनि जनाइएको छ । हरसिमरत कौरले किसान विरोधी अध्यादेश तथा कानुनको विरोधमा केन्द्रीय मन्त्रीमण्डलबाट राजनीनामा दिएको बताएकी छिन् । कौरले ट्वीट गर्दै किसानको छोरी र बहिनीका पक्षमा उभिंदा गर्व लागेको उल्लेख गरेकी छिन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु