#

सरकारको अस्पष्ट कुराका कारण यातायात व्यवसायीहरु समस्यामा : महासचिव सरोज सिटौला


नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारको अस्पष्ट कुराका कारण यातायात व्यवसायीहरु समस्यामा परेको बताउनुभएको छ । आज बिहान रेडियो हिमशिखरको नियमित कार्यक्रम डेटलाईनमा कुरा गर्दै उहाले सरकारले गाडी चलाउन भनेपनि बस सञ्चालनको कार्यबिधि अझैपनि व्यवसायीको हातमा नपरेको प्रष्ट पार्नुभयो । उहाले झापाबाट काठमाण्डौका लागि छुटेका बसले कहा लगेर यात्रुलाई चिया नास्ता खुवाउने र कहा पुर्याएर खाना खुवाउने भन्ने जस्ता सामान्य बिषयका बारेमा समेत सरकारले आफ्ना धारणा प्रष्ट्याउन नसकेको बताउनुभयो । ६ महिनादेखी थला परेको व्यवसाय माथि उकास्न निक्कै हम्मेहम्मे पर्ने उहाको गुनाशो थियो । उहाले यो महासंकटमा समेत बैंकहरुले मानबिय व्यवहार देखाउन नसकेकोप्रति व्यवसायीको ब्यापक निराशा र गुनाशा रहेको बताउनुभयो । यस्तै उहाले सरकारले मौखिक रुपमा तोकेको मापदण्डमा यातायात व्यवसायीले आफ्ना गाडीहरु सञ्चालन गर्न सक्ने अवस्था रहन नसक्ने उल्लेख गर्नुभयो । हवाई उडानलाई लक्षित गर्दै उहाले पहुँच हुनेले धम्क्याएको भरमा सरकार पछि हट्न खोजेको अनुभूति आफुहरुलाई भईरहेको भन्दै सिट क्षमता अनुसार हवाई कम्नीहरुलाई उडान अनुमति दिए सरकारले यातायात व्यवसायीहरुलाई फरक ब्यबहार नदेखाउन उहाले आग्रह समेत गर्नुभएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु