#

आइसीपीमा सामान चेक जाँच गर्ने ओपन सेड घर नहुँदा समस्या


एकीकृत भन्सार जाँच चौकी (आइसीपी) मा सामान चेक जाँच गर्ने ओपन सेड घर नहुँदा समस्या भएको छ । ओपन सेड घर अभावमा विराटनगर भन्सार कार्यालयका कर्मचारी र भन्सार एजेन्ट खुला सडकमै आयातीत सामानको चेक जाँच गर्न बाध्य छन् । विराटनगर महानगरपालिका–१८ स्थित बुधनगरको १२९ बिघा जमिनमा भारत सरकारको १ अर्ब ९० करोडको लागतमा आइसीपी निर्माण गरेर गत माघदेखि सञ्चालनमा आएको थियो । तर, आइसीपीमा सामान चेक जाँच गर्ने ओपन सेड घर अझै निर्माण हुन सकेको छैन । प्रमुख भन्सार अधिकृत शिवप्रसाद भण्डारीले आयातीत सामानको ट्रक र कन्टेनरलाई सडकमै रोकेर सामानको चेकजाँच गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । दैनिक सरदर साढे दुईको संख्यामा ट्रक र कन्टेनर आइसीपीमा आउँछन् । ओपन सेड घरको अभावमा ती सबैलाई सडकमै राखेर सामानको चेकजाँज गर्नुपर्ने बाध्यता रहेको भण्डारीले बताउनुभयो । सो भन्सार कार्यालयले सामान्य अवस्थामा दैनिक सरदर १५ करोड रुपैयाँसम्म राजश्व असूली गर्दै आएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु