#

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । बिहान ११ बजेका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बैठक पर्सि आइतबारका लागि सारिएको छ । यसअघिका धेरैजसो बैठक प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवासमा बस्ने गरेपनि तत्कालीन एमाले र माओवादी एकतापछि पहिलोपटक पेरिसडाँडामा बस्ने तय भएको छ । बैठकले पार्टी एकताका बाँकी कामको विषयमा छलफल गर्ने उहाँले बताउनुभयो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु