#

झापामा गरिबको सारथी बन्दै वर्क फर नेपाल


गौरादह/ सामाजिक संस्था वर्क फर नेपालले हेल्पीङ्ग हेण्ड फर रिलिफ एण्ड डेभलपमेण्ट नामक अन्तराष्ट्रिय गैह्र सरकारी संस्थाको सहयोगमा कोभिड– १९ तथा बाढी प्रभावितका लागी राहात बितरण गरेको छ ।
भmापाको कमल गाउँपालिकामा कार्यालय रहेको वर्क फर नेपालले झापाको गौरादह नगरपालिका वडा नम्बर ५ मा रहेका अति बिपन्न तथा पिछडिएका १२० परिवारलाई राहत बितरण गरेको हो । संस्थाले प्रति परिबार २५ केजी चामल, २ केजी चिउरा, २ केजी चिनी, १ केजी नुन, २ लिटर तेल, २ केजी दाल, २ केजी चना, आधा केजी सोयाविन, नुहाउने साबुन, डिटरजेण्ट लगायतका अन्य दैनीक उपभोग्य सामाग्रीहरु प्रदान गरेको वर्क फर नेपालका अध्यक्ष तिलचन्द्र अधिकारीले जानकारी दिनुभएको छ ।
यसै गरि सोही दिन सो संस्थाले दमक स्थित आम्दा अस्पताल र दमक अस्पताल तथा कनकाई नगरपालिकालाई पिपिई सेट, स्यानिटाईजर तथा फेस सिल समेत वितरण गरेको संस्थाका कोषाध्यक्ष दिनेश संग्रौलाले जानकारी दिनुभएको छ ।

 

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु