#

मुख्यमन्त्री राईद्वारा प्रदेशको पाश्र्वचित्र बार्षिक विकास कार्यक्रम पुस्तक सार्वजनिक


दमक — प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको पाश्र्वचित्र बार्षिक विकास कार्यक्रम पुस्तक सार्वजनिक गर्नुभएको छ ।
आइतवार विराटनगर स्थित मुख्यमंत्री तथा मन्त्रीपरिषद कार्यालयमा पुस्तक सार्वजनिक गर्दै मुख्यमंत्री राईले भावना र कल्पनामा भन्दा पनि तथ्यांकको धरातलमा उभिएर मात्र विकास र समृद्धि सम्भव हुने बताउनु भयो । उहाँले प्रदेशको पाश्र्व चित्रलाई आधार बनाएर नीति कार्यक्रम र योजनाहरु निर्माण गरिने बताउनु भयो । उहाँले प्रदेश नं. १ अहिले पनि सक्षम र सबल रहेको पाश्र्व चित्रको तथ्यांकले देखाएको र अब अवलम्बन गरिने योजनाहरु यसैको सेरोफेरोमा हुने जानकारी दिनुभयो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय र प्रदेश योजना आयोगले आयोजना गरेको सो कार्यक्रममा प्रदेशको कुल ग्राहस्थ उत्पादन ५ खरब ९५ अरब ७ करोड रहेको तथ्यांक सार्वजनिक गरिएको छ । यसैगरी प्रदेशको बजेट मध्ये सबैभन्दा बढी करिब ७६ प्रतिशत बजेट पूर्वाधारमा विनियोजन गरिएको पाइएको छ । सामाजिक सुरक्षालाई अहिले बढी प्राथमिकता राख्न आग्रह भईरहेको बेला प्रदेश १ को बजेट मध्ये ११ प्रतिशत सुखमा र करिब ८९ प्रतिशत बजेट समृद्धिका लागि छुट्याइएको छ ।

 

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु