#

सिंहदरबार र वालुवाटारमै सरकार अल्मलियो, नागरिकका पीडा सरकारले देखेन


भक्तपुर – कोरोना भाईरसले मुलुकलाई आक्रान्त बनाईरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने मुलुकको हित र नागरिकको हितका लागि उत्तरदायी बन्ने प्र्यास गरिरहेको छ । सरकारको काम कार्बाहीबाट आजित नागरिकलाई शान्त्वना दिननै भएपनि राप्रपाले प्रयासको थालनी गरेको हो ।

राप्रपा भक्तपुरका अध्यक्ष माधब खत्री सरकार यतिबेला हारेकालाई सांसद र म्याद सकिएका सांसदलाई बिशेष शल्लाहारका रुपमा नियुक्ती गर्दै जनभाबना बिपरित अघि बढ्दै गर्दा आफुहरु भने नागरिकको पीडामा मल्हम लगाउन क्रियाशिल भएको बताउछन् ।
यस्तो बिषम परिस्थितीमा सरकारले केहि गर्न नसकेको भन्दै राप्रपा भक्तपुरका अध्यक्ष खत्री अब नागरिकले सरकारबाट केहि आशा गर्न नसक्ने बताए । आफुहरु कुन रुपमले अगाडी बढ्ने, नागरिकका पीडामा आफुहरु कसरी मल्हम लगाउने भन्ने बिषयमा गम्भिर भएर अघि बढेको उनको भनाइ छ ।
यस्तै पछिल्लो समय राप्रपामा प्रबेश गर्नेहरुलाई उचित जिम्मेवारीसहित व्यवस्थापन गरिरहेको राप्रपा भक्तपुरका सहसचिब जिबन अधिकारीले जानकारी दिए । यो बिषम परिस्थितीमा आफुहरु नागरिकका पक्षमा र नागरिकसँगै रहेको अधिकारीले बताए । सरकारले कोही भोकै मर्नुपर्दैन भनेपनि सिंहदरबार र वालुवाटारभन्दा बाहिर सरकार नभेटिएको उनको तर्क छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु