
सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्प्तालमा उपचाररत कोरोना संक्रमित दुई जना महिलाको मृत्यु भएको छ । संक्रमणबाट प्रतिष्ठानमा उपचाररत इनरुवा नगरपालिका–४ बस्ने ४९ वर्षीया र झापाको मेची नगरपालिका–८ निवासी ७२ वर्षीया महिलाको मृत्यु भएको हो ।
इनरुवाकी महिलाको सोमबार बिहान र मेचीनगरकी महिलाको आइतबार राति मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । दुई महिलासहित प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।
यसैगरी झापाको मेची नगरकी महिलालाई बिर्तामोडस्थित कन्काई अस्पतालले भदौ ४ गते प्रतिष्ठानको कोभिड अस्पतालमा रेफर गरेको थियो । श्वासप्रश्वासमा समस्या, छाती दुख्ने, शारीरिक कमजोरी र निमोनियाको लक्षण देखिएपछि प्रतिष्ठानको कोभिड अस्पतालमा रेफर गरिएको हो । कुनै दीर्घ रोग नदेखिएका उनको पीसीआर रिपोर्ट भने पोजेटिभ देखिएको थियो । मृतक दुबैको शवको व्यवस्थापन स्वास्थ्य प्रोटोकल अनुसार भइरहेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।
फेसबुकमा तपाईको प्रतिक्रिया