#

झापाको दमकमा थपिए १४ जना संक्रमित, स्वास्थ्यकर्मीपनि संक्रमणको सिकार


झापा– झापाको दमकमा थप १४ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये एकै घरका ४ जना र २ जना स्वास्थ्यकर्मी छन् । शुक्रबार परिक्षण गरिएका १४० मध्ये १४ जनामा पोजेटिभ देखिएको हो । दमक ५ का कन्ट्याक्ट् ट्रेसिङमा परेका एकै घरका ४ जनामा संक्रमण देखिएको हो । यस्तै दमक अस्पतालका २ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको दमक नगरपालिका स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले जानकारी दिनुभएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु