
चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसनमा बस्नुभएका डाक्टर गोविन्द्र केसी अनसनरत अवस्थामा काठमाडौं आएका छन् । डा केसी जुम्लाबाट मंगलबार नेपालगञ्ज हुँदै वुद्ध एयरबाट काठमाडौं आएका हुन् । डा केसीलाई उहाका सहयोगीहरुले त्रिभूवन विमानस्थलबाट त्रिवि शिक्षण अस्पतालमा राख्ने तयारी गरेका थिए । तर विमानस्थलमा झरेपछि प्रहरीले डा केसीलाई राष्ट्रिय ट्रमा सेन्टरमा लगेको थियो । डाक्टर केसीलाई लिन त्रिवि शिक्षण अस्पतालको एम्बुलेन्स विमानस्थलमा तयारी अवस्था थियो । डा केसी विमानबाट झरेर एम्बुलेन्समा बसेपछि प्रहरीले डा केसीलाई ट्रमा सेन्टरतर्फ स्कटिङ गरेर लगेको थियो । ट्रमा सेन्टर पुराइएपछि डा केसीले आफुलाई जवरजस्ती ट्रमा सेन्टरमा लगिएको भन्दै एम्बुलेन्सबाट नओर्लने अडान लिनुएका थिए । तर केसीलाई प्रहरीले जवरजवस्ती ट्रमा सेन्टरभित्र लगिएको थियो । विगतमा भएका सम्झौता अक्षरसः कार्यान्वयन भएको भन्दै डा केसीले भदौ २९ गतेदेखि जुम्लाको चन्दननाथ नगरपालिका ६ रानीचौरस्थित बामिरामष्ट मन्दिरमा सत्याग्रह सुरु गरेका थिए ।
फेसबुकमा तपाईको प्रतिक्रिया