#

निरन्तरको बर्षाले झापाका नदिहरुमा बाढी, ६ परिवार बिस्थापित, सतर्कता अपनाउन प्रहरीको आग्रह


झापा — निरन्तरको बर्षाले झापाका बिभिन्न नदिहरुको जलस्तर बढेको छ । यस्तै बिभिन्न नदिहरुमा बाढी आएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज बिरिङ खोलामा आएको बाढीका कारण बाह्रदशी गाउँपालिका–७ तुल्सीबारी क्षेत्रमा बिरिङले कटान गर्दा ६ परिवार विस्थापित भएका छन् । बिरिङ खोलामा आएको बाढीले नदि किनाराका बस्तीमा कटान सुरु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्ण प्रसाद कोईरालाले जानकारी दिएका छन् । बर्षा नरोकिएकाले बाढी अझ बढ्न सक्ने र क्षती पुर्याउन सक्ने भएकाले उच्च सतर्कता अपनाउन झापा प्रहरी प्रमुख कोईरालाले आग्रहपनि गरेका छन् ।
उनीहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विस्थापितलाई नजिकैको स्कुल मैदानमा राखिएको छ । बिरिङकै बाढीले कन्काई नगरपालिका–८ स्थित त्रिवेणी टोलमा पनि कटान गरिरहेको छ । त्यहाँका ६ घरपरिवार डुबानको उच्च जोखिममा छन् ।
बाढीका कारण झापाका मेची, कनकाई, रतुवा आदि नदीको बहावसमेत बढेको छ । खासगरी दक्षिणी क्षेत्रका बस्ती डुबान हुन सक्ने भन्दै प्रहरीले सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै हल्दीवारी गाउँपालिका–३ देवी बस्तीमा देउनिया खोला पस्दा स्थानीय दिलबहादुर राईको परिवार विस्थापित भएको छ । बाढीले राईको घर भत्किएको छ ।
यस्तै झापाको कचनकवल गाउँपालिकाको पाठामारी क्षेत्रमा समेत मेची नदीले कटान सुरु गरेको छ । पाठामारीका प्रहरी जवान विजय मिश्रका अनुसार नेपाल–भारत सीमाको पिलर नम्बर ११२ आसपासमा करिब ७ मिटर कटान गरेका कारण नजिकैको बस्ती डुब्ने जोखिम बढेको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु