जीवनशैली

झापाली पत्रकार तिर्थ सिग्देलद्वारा लिखित पुस्तक मन्त्रीद्वारा बिमोचन


      २०७७ आश्विन ७, बुधबार १५:३६

पत्रकार तीर्थ सिग्देलद्वारा लिखित पुस्तक ‘एकदिन’ समय – कथा जीवन, यात्रा र भोगाई विमोचन भएको छ ।
पुस्तकको विमोचन कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूषालले आज बिर्तामोडमा आयोजित कार्यक्रमकाबीच गर्नुभयो । पुस्तक विमोचन गर्दै मन्त्री भूषालले हरेक लेखकले समयको भाषा बोल्ने बताउँदै आजको पिँढीले लेखेको कुराले समयको भाषालाई भोलिको पिँढीलाई बताउँछ भन्नुभयो । मन्त्री भुषालले लेखन कार्य बौदिक र समयको भाषा बोल्ने भएकाले पुस्तकका लेखक सिग्देललाई धन्यवाद समेत दिनुभयो ।

पुस्तक विमोचन कार्यक्रममा १ नम्वर प्रदेशका कृषि मन्त्री राम राणा,नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का प्रदेश १ का इञ्चार्ज देवराज घिमिरे, नेकपा झापाका अध्यक्ष अध्यक्ष चिन्तन पाठक, जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुव शिवाकोटी, नेकपा झापा कार्यालय सचिव शिव ढुंगेल, जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, उपाध्यक्ष महेन्द्रकुमार गिरी सचिव युवराज ढकाल लगायतले लेखकलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

 

पुस्तक ‘एकदिन’ १५२ पृष्ठको रहेको छ । जहाँ भिन्ना भिन्नै १४ वटा लेख मार्फत जीवन, यात्रा र भोगाईहरुलाई समेटिएको छ । पत्रकार सिग्देलद्वारा लिखित यो चौथो पुस्तक हो ।
पत्रकार सिग्देलका जीवनको गति २०७३, पूर्वको राजनीति २०७४, मनोनेट कथा संग्रह २०७६ र ‘एकदिन’ २०७७ प्रकाशित छन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु