#

करेन्ट लागेर सुपरभाईजरको मृत्यु


ओखलढुंगा/ ओखलढुंगा सिद्धिचरण-१२ सिमलडाँडा मोलुङ-१ कुन्तादेबी बस्ने २८ बर्षीय परनेश खत्रीको करेन्ट  लागेर मृत्यु भएको छ ।

मृतक खत्री मोलुङ खोला हाईड्रोपावर टान्समिसन लाईनको सुपरभाईजर रहेको खुल्न आएको छ । आज बिहान पौने ११ बजे सिमलडाँडा स्थितमै बिजुली सप्लाईको मेन्टिनेन्सको लागी जम्पर छुटाउन बिजुलीको पोलमा चढेको अबस्थामा बिधुत सट हुदा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर पोलमै अड्किएको अवस्थामा उनलाई उद्धार गरी उपचारार्थ सामुदायिक मिसन अस्पताल ओखलढुंगा लगिएकोमा डाक्टरले खत्रीको मृत्यु भईसकेको भनि जानकारी गराएको  जिल्ला प्रहरी कार्यालय  ओखलढुंगाले जनाएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु