
उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका–२ स्थित फत्तेपुरबाट लागुऔषध सहित ६ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा त्रियुगा–१२ का १९ बर्षीय रजामुदिन अन्सारी, २० बर्षीय मिलन बिश्वकर्मा, बर्ष २० कै सागर पौडेल, २२ बर्षीय शिब अधिकारी, बर्ष २२ कै बिशाल मगर र २४ बर्षीय दिलिप घिमिरे रहेका छन् । बिशेष सुराकका आधारमा आज बिहान साढे ७ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाइ फत्तेपुरबाट नियन्त्रणमा लिएको थियो । उनीहरुको साथबाट फेनारगन ३५ एम्पुल, डाईजोपाम ३५ एम्पुल, लुपिजेसिक ३५ एम्पुल गरी १ सय ५ एम्पुल लागुऔष फेला पारी बरामद गरेको हो । यसै गरी उनिहरुले प्रयोग गर्ने स १ प ३२२४ नम्बरको मोटरसाईकल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
फेसबुकमा तपाईको प्रतिक्रिया