#

कोशी अस्पतालको आकस्मिक सेवामा गरीब तथा विपन्न परिवारलाई प्रारम्भिक उपचार निशुल्क


विराटनगर स्थित कोशी अस्पतालको आकस्मिक सेवामा गरीब तथा विपन्न परिवारलाई प्रारम्भिक उपचार निशुल्क गर्न थालिएको छ ।गरीब तथा विपन्न वर्गलाई केन्द्रीय अस्पतालहरुबाट प्रारम्भिक चरणको आकस्मिक स्वाथ्य सेवा निशुल्क उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७७ स्वास्थ्य तथा जनसंख्या मंत्रालयले जारी गरे अनुसारनै बिहिवारदेखि कोशी अस्पतालमा आकस्मिक स्वास्थ्य सेवा निशुल्क उपलब्ध गराउन थालिएको अस्पतालका मेडिकल सुपरिण्टेण्डेण्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो ।डा. चुमनलाल दास, मेडिकल सुपरिण्टेण्डेण्ट, कोशी अस्पताल, विराटनगर । उहाँले निशुल्क सेवामा टिकट दर्ता, प्रयोगशाला सेवा, रेडियोलोजी सेवा, औषधी, बेड चार्ज र माइनर ओटी रहेको बताउनु भयो । सो निशुल्क सेवाका लागि संघिय सरकारले कोशी अस्पताललाई १ करोड १५ लाख रुपैया उपलब्ध गराएको सुपरिण्टेण्डेण्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो ।उपचार निशुल्क नभएकै कारण गरीब र विपन्न मात्र होइन बेसहारा भई सडकमा बेवारिस भएका व्यक्तिहरुले समेत उपचार नपाई मर्नुपर्ने अवस्था रहेको थियो । विराटनगर स्थित कोशी अस्पतालको बहिरंग सेवामा दैनिक करिब ८ सय विरामीहरु उपचारका लागि आउने गर्दछन् ।

अस्पतालले निशुल्क उपचार गर्ने भए पछि उपचार गर्न आएकाहरुले पनि अव सवैजनाले स्वास्थ्य सेवा पाउने भनेर सरकारको यो कार्य प्रति स्वागत गरेका छन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु