#

ताराबारी ढाट मल काण्ड : झापाको दमकबाट ट्राफिक प्रहरीसहित ४ जना प्रहरी निलम्बित


झापा — झापाको दमकबाट ४ जना प्रहरी निलम्बनमा परेका छन् । मल व्यवसायी सँग पैसाको लेनदेन गरेको भेटिएपछी एक जना असइ, हवल्दार, जवान र एक जना ट्राफिक प्रहरी निलम्बनमा परेका हुन् ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी बिजयराज पण्डितका अनुसार बिल बिना युरिया मल ल्याउदै गरेको ट्याक्टर ताराबारी ढाटमा बसेका प्रहरीले समातेका थिए । तर माथिल्लो तहमा खबरै नगरि भोलीपल्टै छाडेका थिए । पण्डितले भने, प्रहरीको चेन अफ कमाण्ड उल्लघंन गरेको भनेर निलम्बनमा राखिएको छ, अरु बिस्तृत अनुसन्धानबाट खुल्ने छ । यथार्थ विवरण उपल्लो तहमा पेश नगरेको आरोप उनीहरुमा छ ।

असइ भरत कोइराला सहित हवल्दार शिवचन्द्र मुखिया, जवान भिमलाल चौधरी र ट्राफिक प्रहरी जवान मनकुमार रुचाल निलम्बनमा परेका हुन् । भदौ २४ बेलुका ताराबारीमा उनीहरुले ट्याक्टर समातेका थिए । उनीहरुले ६५ हजार रुपैयाँ लिएर ट्याक्टर छाडेको आरोप छ । डिएसपी पण्डितका अनुसार घटनाको अनुसन्धान भइरहेकाले अहिले यर्थाथ बुझ्ने काम भइरहेको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु