#

पाइथागोरसद्वारा वक्तृत्वकला प्रतियोगीताको आयोजना


पाइथागोरस मल्टी-डाइमेनसनल सेन्टर दमकले वक्तृत्वकला प्रतियोगीता आयोजना गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्कीको प्रमुख अतिथ्य तथा सेन्टरका संस्थापक विश्व प्रकाश तिमल्सिनाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। नेपाल भरिबाट 45 जना प्रतिस्पर्धीबाट छनोट भएर उत्कृष्ट 12 मा पर्न सफल प्रतिस्पधी हरूको अन्तिम चरणको प्रस्तुति रहेको थियो। “सुखी नेपाली समृद्ध नेपाल अभियानमा युवा” शीर्षक रहेको सो प्रतियोगितामा सान्त्वना पुरस्कार दमककी पूर्णीमा तिमल्सिनाले हात पारिन भने तृतीयमा बेलबारी,मोरङकी दिक्क्षा कार्की रहेकी थिइन्।त्यसैगरी द्वितीय स्थान इटहरीकी दीपशिका कोइरालाले हासिल गरिन् भने प्रथम स्थानमा तनहुँका समिर अहम्मद रहे। कार्यक्रममा निर्णायकको भूमिका साहित्यकार धनञ्जय बास्कोटाले गरेका थिए ।कार्यक्रममा
विजेताहरुलाई विभिन्न पुरस्कारले सम्मान गरिएको थियो ।सामाजिक संजाल जुम एप्लिकेशनबाट आयोजना भएको सो कार्यक्रममा संविधान सभाका अध्यक्ष दिपक कार्की, डि.आइ.जी चन्द्र प्रकाश गौतम ,नेपाली कम्युनिस्ट पार्टी प्रदेश कमिटीका सदस्य विरेन्द्र बस्नेत, पूर्व जेसिज अध्यक्ष प्रकाश अधिकारी, सगरमाथा टिभी क्लवका आयोजक डम्बर अधिकारी, रोहिनी इन्टरनेशनल एजुकेशन दमकका संचालक किरण भण्डारी , सामाजिक व्यक्तित्व लिला ढुंगेल लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। कार्यक्रममालाई मन्दिप मोबाईल, आमा डेन्टल, रोहिनी इन्टरनेशनल एजुकेशनले प्रायोजना गरेका थिए भने संयोजक विश्व प्रकाश तिमल्सिना र प्रविन पाठकले गरेका थिए। क्षमता विकास र प्रतिभा उजागर गर्न र प्रस्फुटन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको भन्ने कुरा आयोजक परिवारको तर्फबाट विनोद उप्रेतीले प्रस्ट पारे। साथै कार्यक्रमका प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्कीले यस्ता कार्यक्रमहरु गर्नका निम्ति आफूले सक्दो सहयोग गर्ने कुरा पनि बताउनु भएको थियो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु