#

गौरीगञ्ज ३ ठेकीटोलामा आधारभुत स्वास्थ्य केन्द्र स्थापना


गौरीगञ्ज — झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर ३ स्थित ठेकीटोलामा आधारभुत स्वास्थ्य केन्द्रको स्थापना भएको छ । आज एक औपचारीक कार्यक्रमको आयोजना गरि गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापाले ब्यानर पढेर सो स्वास्थ्य केन्द्रको उद्घाटन गरेका छन् भने स्वास्थ्य कर्मी करण यादबले उपाध्यक्ष थापाको प्रेसर जाँच गरेर स्वास्थ्य सेवा सुचारु भएको औपाचारिकता प्रदान गरेका थिए ।
प्रत्येक १० हजार जनसंंख्या बराबर एक आधारभुत स्वास्थ्य केन्द्र हुनु पर्ने नेपाल सरकारको अबधारणा अनुरुप वडा नम्बर ३ बासीलाइ आधारभुत स्वास्थ्य सेवा दिने उद्देश्यले सो केन्द्रको स्थापना भएको गौरीगञ्ज गाउपालिकिाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले बताए । अहिले सो आधारभुत केन्द्रमा स्वास्थ्यकर्मी पानालाल राजवँशीको नेतृत्वमा ३ जना स्वास्थ्यकर्मी खटाइएको छ ।
वडाध्यक्ष मखना महतोको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले स्वागत मन्तब्य राखेका थिए भने उपाध्यक्ष थापा र गौरीगञ्ज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु दाहालले शुभकामना मन्तब्य राखेका थिए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु