#

सुन्दरहरैचामा प्रदेश १ कै नमुना सार्बजनिक शौचालय


प्रदेश १ मै नमुनाका रुपमा निर्माण सम्पन्न भएको २ वटा सार्बजनिक शौचालय तथा पुस्तकालय मंगलबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राई लगायतले उदघाटन गरेका छन ।
मुख्यमन्त्री राई,प्रदेश सांसद राजकुमार ओझा,लोकप्रसाद संग्रौला,सुन्दरहरैचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल,उपमेयर धना तामाङ लगायतले मोरङको सुन्दरहरैंचा नगरपाकलिकास्थित विराटचोक र सलकपुरमा निर्माण भएका दुईवटा नमूना शौचालयको सलकपुरमा आयोजित एक कार्यक्रममा सामुहिक उदघाटन गरेका हुन ।
नगरका विभिन्न स्थानमा निर्माण भइरहेका मध्ये सलकपुर तथा विराटचौकका दुईवटा निर्माण सम्पन्न भएको हो् । नगरका खोर्साने, हरैंचा, बलिया, गछिया तथा गोठगाँउमा सार्वजनिक शौचालय निर्माण भईरहेका छन । हरैचा बाहेक अन्य छ स्थानका शौचालय पूर्व पश्चिम राजमार्गमा पर्छन् । शौचालयमा आधुनिक पुस्तकालय सहितको सुविधाहरु रहेका छन । शौचालय एउटै डिजाइनमा निर्माण भईरहेका छन । स्थानीयबासीको अग्रसरतामा करिब ९ करोड ६४ लाख लागतमा निर्माणधिन शौचालयका लागि ३५ प्रतिशत मात्र स्थानीय सरकारको लगानी रहेको छ । बाँकी ६५ प्रतिशत रकम स्थानीयबासीले आफैले जुटाएका छन् । शौचालय निर्माणका लागि भोलेश्वर दुलालको अध्यक्षतामा सार्वजनिक शौचालय निर्माण महाअभियान सञ्चालनमा रहेको छ । शौचालयमा इन्टरनेटको सुविधा सहितको आधुनिक पुस्तकालय, चमेना गृह, सैलुन, आराम कक्ष समेत हुने उल्लेख गरिएको छ । सार्बजनिक यातायतालाई लक्षित गरी निर्माण गरिएको शौचालयमा गाडी पार्किङका लागि स्पेस समेत रहेको छ । राजमार्गमा निर्माणाधीन दुई तल्ले शौचालयको भुई तलामा शौचालय, चमेनागृह, यात्रु आराम कक्ष र सैलुन रहेको छ । पहिलो तल्लामा अडियो भिडियो सुविधा सहितको आधुनिक पुस्तकालय रहने अध्यक्ष दुलालले बताए । पुस्तकालय सहितको शौचालय युरोपेली मापदण्ड अनुसारको सुविधा सम्पन्न रहेको छ । २०७४ माघबाट शौचालय निर्माण शुरु भएको थियो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु