#

दमकका स्वास्थ्यकर्मीमा काेराेना पुष्टि


झापा, असाेज २७: झापाको दमकका ३ जना स्वास्थ्यकर्मीमा काेराेना संक्रमण देखिएको छ । मंगलबार संक्रमण देखिएका सबै स्वास्थ्यकर्मी हुन् । दमक नगरपालिका स्वास्थ्य शाखाका अनुसार आम्दा अस्पतालका २ जना र दमक अस्पताल (सरकारी) का १ जना स्वास्थ्यकर्मी हुन् । याे सँगै दमकमा २१४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये १६६ जना संक्रमण मुक्त भएका छन भने ३ संक्रमितकाे मृत्यु भएको दमक नगरपालिका स्वास्थ शाखाका कुबेर भट्टराईले जानकारी दिए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु