
भद्रपुर, २८ श्रावण ।
आज भद्रपुरमा थप १० जनामा कोरोना सक्रमण पुष्टि भएको छ । कन्काइ प्रयोगशालामा गरिएको परिक्षणमा झापा कारागारका ८ जना पुरुष र मेचि अस्पतालमा कार्यरत भद्रपुर १० का एक महिला कर्मचारी र अर्का भद्रपुर ८ निवासी एक जना पुरुष गरि जम्मा १० जनामा कोरोना पुष्टि भएको भद्रपुर नगरपालिका स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराइले जानकारी दिनुभयो ।
फेसबुकमा तपाईको प्रतिक्रिया