
धेरेको अनुमानलाई सही सावित गर्दै अर्थमन्त्रीको जिम्मेवारी विष्णु पौडेलले पाउँदा ईश्वर पोखरेलको हातबाट रक्षा मन्त्रालय खोसिएको छ ।
लामो बहसपछि बुधबार मौजुदा मन्त्रिपरिषद्मा हेरफेर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विश्वासपात्र विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी सुम्पिदा अर्का विश्वासपात्र ईश्वर पोखरेललाई प्रधानमन्त्री र मन्त्रिपरिषद्को कार्यालयमा पुर्याउनु भएको छ ।
प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी आफैसंग राख्नु भएको छ । यस्तै कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ । निकै ठूलो हेरफेरको चर्चा चलेपनि रिक्त रहेका तीन मन्त्रालयको जिम्मेवारी ३ नयाँ र एक पुरानोलाई दिइएको छ ।
फेसबुकमा तपाईको प्रतिक्रिया