#

प्रतिबन्धित लागुऔषध सहित १ जना पक्राउ


सुनसरी,असोज-२८ गते ।
सुनसरी भोक्राहा नरसिंह-३ का ४० बर्षीय चन्द्र नारायण साह प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका छन । आज विहान ७ बजे विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले साहलाई नरसिंह-३ शिवगंज चौकबाट नियन्त्रणमा लिएको थियो । नियन्त्रण संगै साहले बोकेको प्लाष्टिकको झोला चेकजाँच गर्दा लुकाई छिपाई राखिएको लागुऔषध Dialex-DC ३० बोतल फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनि उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु