#

प्रदेश १ मा बिहिबार ६५४ जना कोरोना संक्रमित थपिए, प्रदेशमा २४ घण्टाको अबधिमा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु


झापा — प्रदेश १ मा बिहिबार ६५४ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ३२६, सुनसरीमा २०९, झापामा ७४, संखुवासभामा ९, उदयपुरमा ४, भोजपुर, तेर्हथुम, इलाम र ताप्लेजुङमा २–२ र प्रदेश १ बाहिरका २४ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार विराटनगरमा २५५ जनामा संक्रमण देखिएको । संक्रमण देखिएकामा १०० महिला र १२५ पुरुष छन् । मोरंगको सुन्दरहरैचामा २५, पथरीशनिश्चरेमा १५, कानेपोखरी र बुढीगंगामा १३–१३, बेलबारीमा १०, रतुवामाईमा ७, कटहरीमा ६, ग्रामथानमा ४, धनपालथान र रंगेलीमा २–२, केराबारी र उर्लाबारीमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै सुनसरीको धरानमा १३२, इटहरीमा ४८, बराहक्षेत्रमा ८, दुहवी र इनरुवामा ४–४, बर्जु, रामधुनी र गढीमा ३–३, हरिनगरमा २, कोशी गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । झापाको विर्तामोडमा ३१, भद्रपुरमा ११, दमक र अर्जुनधारामा ९–९, बुद्धशान्तिमा ४, कनकाईमा ३, मेचीनगरमा २, गौरादह, गौरीगञ्ज, कमल, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संखुवासभाको खाँदबारीमा ९, उदयपुरको चौदण्डीगढीमा ४, भोजपुरमा २, तेर्हथुमको लालीगुराँस र स्थानीय तह नखुलेका १–१, इलामको देउमाई र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको श्रीजंगा र फुङलिङमा १–१ र प्रदेश १ बाहिरका २४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १२ हजार २६९ पुगेको छ । प्रदेशबाट बिहीबार ३२६ जना डिस्चार्ज भएका छन् । प्रदेशमा २४ घण्टाको अबधिमा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सुनसरीमा ५ तथा मोरङ र तेर्हथुममा २–२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमणबाट १२१ जनाको मृत्यु भएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु