#

झापाको ज्यामिरगढीमा वीओपी वोडर आउट पोस्ट स्थापना, जिल्लामा वीओपीको संख्या ११


चालुु आर्थिक वर्ष २०७७/०७८ मा सशस्त्र प्रहरी बल नेपालले झापामा आठवटा वीओपी वोडर आउट पोस्ट स्थापना गर्ने लक्ष्य लिए अनुसार विहीबार झापाको मेचीनगर— १५ स्थित ज्यामिरगढीमा वीओपी वोडर आउट पोस्ट स्थापना गरेकोे छ ।

यसअघि कचनकवल —५ पाठामारीमा वीओपी वोडर आउट पोस्ट खडा गरेकोे छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा जिल्लामा दुईवटा सशस्त्र प्रहरीको वीओपी वोडर आउट पोस्ट स्थापना गरेकोे छ । पोेस्टको प्रमुख अतिथि मेचीनगर नगरकार्यपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले पानसमा दीप वालेर वोडको अनावरण गरी उद्घाटन गर्नुभएको थियो ।

चालुु आर्थिक वर्ष २०७७÷०७८ भित्र नकलबन्दा, तिरीङ्ग, सतिघट््टा महेशपुर पन्थापाडा आपगाछीमा केहीदिनमा वीओपी वोडर आउट पोस्ट स्थापना गर्ने सशस्त्र प्रहरी बल नेपाल नम्बर १ वाहिनी पकलीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशीराज दाहालले जानकारी दिनुभयो । यसअघि झापाको बाहुनडाँगी, काँकरभिट्टा, पाठामारी, केचना, भागडुब्बा, टाघनडुब्बा, गौैररीगञ्ज, घेरावारी कुञ्जिवारी पृथ्वीनगर गरी कुल १० वटा सशस्त्र प्रहरीको वीओपी वोडर आउट पोस्ट स्थापना गरी सकेको छ । ज्यामिरगढीसहित जिल्लामा वीओपीको संख्या ११ पुगेको छ ।

एउटा पोस्टमा सशस्त्र प्रहरी निरीक्षकको माण्डमा ३५ जना सुरक्षाकर्मी परिचालन गरिने भएपनि हाल एउटा पोस्टमा सयबढी सुरक्षाकर्मी रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेट क्वाटर चन्द्रगढीका गणपति सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले जानकारी दिनुभयो । कार्यक्रममा बोेल्दैं प्रमुख अतिथि उप्रेतीले पोस्ट स्थापना भएसँगै सीमाक्षेत्रमा हुने अवाञ्जित गतिविधि नियन्त्रण र सीमाको उचित व्यवस्थापन हुने विश्वास व्यक्त गर्नुभयो ।

सीमा सुरक्षा शान्ति सुरक्षा र अवाञ्छित गतिविधि नियन्त्रणमा टेवा पुग्ने भन्दैं यसको उचित व्यवस्थापनमा स्थानीय सरकारले समेत सहयोग गर्नु बताउनुभयो । विशिष्ट अतिथि सशस्त्र प्रहरी बल नेपाल नम्बर १ वाहिनी पकलीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशीराज दाहालले पोस्टको आवश्यकता र भावी योजनाहरुका बारेमा जानकारी गराउनुभयो ।

नेपाल सरकारले नेपाल भारतसीमाक्षेत्रमा २ सय २१ वटा सशस्त्र प्रहरीको वोडर आउट पोस्ट वीओेपी स्थापना गर्ने लक्ष्य लिएको बताउदैें उहाँले सोहि अनुसार लक्ष्य पुरा गर्न ज्यामिरगढी वीओपी स्थापना गरेको उहाँले जानकारी दिनुभयो । देशभर रहेका कुल वीओपी मध्ये ज्यामिरगढी वीओपी १ सय ७१ या १ सय ७२ तथा १ नम्बर प्रदेशको ३५ औं वीओपी रहेको उहाँले जानकारी दिनुभयो ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले झापाकोे १ सय ४४ दशमलव २ किलोमिटर क्षेत्रफ खुला सीमा रहेकाले विभिन्न खालका आपराधिक गतिविधि हुने हुँदा यस्ता वीओपी स्थापना गर्दा यस्ता गतिविधिमा समेत कमि आउने बताउनुुभयो ।

हातहतियार, लागूऔषध मानवबेचविखनलगायतका आपराधिक गतिविधि न्यूनिकरण हुने, सीमाको उचित रेखदेख र राष्ट्रिय सुरक्षालाई असर पार्ने गतिविधि निरुत्साहित गर्र्न राजनीतिक दल, स्थानीयवासीबाट सकरात्मक सहयोगको आवश्यकता पर्ने भएकाले यसलाई पुरा गर्नु सवैको दायित्व रहेको उहाँको भनाई थियो । उद््घाटन कार्यक्रममा मेचीनगर नगरपालिका १५ नम्बर वडाका वडाध्यक्ष राजन भट्टराईलगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनानथ लम्साल जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेट क्वाटर गणपति सशस्त्र प्रहरी उपरीक्षक सुभास भण्डारी , जनप्रतिनिधिहरुलगायत सर्वसाधारणको सहभागिता थियो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु