#

झापामा आज ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, सबैभन्दा धेरै बिर्तामोड नगरपालिकामा


झापामा आज ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लाका ८ स्थानीय तहका १९ महिला र ३५ पुरुषमा कोरोना पुष्टि भएको हो

स्वास्थ्य कार्यालय झापाका अनुसार सबैभन्दा धेरै बिर्तामोड नगरपालिकामा आज ३० जनामा कोरोना पुष्टि भएको छ । त्यसपछि अर्जुनधारामा १० र भद्रपुरमा ७ जनामा कोरोना देखिएको छ ।

दमकमा ३, कनकाई, बुद्धशान्ति, गौरादह र कमलमा १–१ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरुमध्ये अर्जुनधाराका २ र कनकाईका १ जना स्वास्थ्यकर्मी हुन् । योसँगै झापामा कोरोना संक्रमितको संख्या १२२१ जना पुगेको छ । ९१२ जना निको भएका छन् । जिल्लामा १२ को मृत्यु भएको छ भने हालसम्म २९७ जना सक्रिय संक्रमित रहेका छन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु