#

मध्यपहाडी लोकमार्गको कामले तीब्रता पायो


विगत लामो समयदेखि सुस्त गतिमा निर्माण कार्य भइरहेको मध्यपहाडी लोकमार्गको कामले तीब्रता पाएको छ ।

जिल्लाबाट जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारीसहितको टोलीले बसन्तपुर–म्याङलुङ सडकखण्ड हुदै म्याङलुङ आठराईसम्मको सडकको निर्माणको अवस्थाको बारेमा स्थलगत अवलोकन गरेसँगै निर्माण कार्यले तीब्रता पाएको हो ।

निर्माण ब्यवसायीहरुका प्रतिनिधिहरुलाई यथाशीघ्र निर्माण कार्य सूचारु गर्न निर्देशन दिएपछि निर्माण ब्यवसायीहरुले निर्माण कार्यलाई तीब्रता दिएका हुन् ।

निर्माण ब्यवसायीहरुले विभिन्न बाहाना बनाएर करिब दुई बर्षदेखि निर्माण कार्य बन्द गरेका खोरुङगा खोला यावरा हुदै पञ्चमीसम्मको सडक–खण्डको निर्माणका लागि ताकेता गरेपछि अहिले काम सूचारु भएको प्रमुख जिल्ला अधिकारी बिश्वराज न्यौपानेले जानकारी दिए ।

उनले भने, ‘आठराईसम्मको सडक-खण्डमा काम नगर्ने निर्माण ब्यवसायीहरुलाई बोलाएर हामीले चाँडै काम सुरु गर्ने निर्देशन दिएका थियौं । अहिले धमाधम काम सूचारु भएको छ ।’

मध्यपहाडी लोकमार्ग अन्र्तग बसन्तपुरदेखि आठराई हुदै माझीटारसम्म ११ वटा निर्माण कम्पनीले काम गरिरहेको छ । पछिल्लो समय निर्माण सुरु भएको १ वर्षको अवधिमा बसन्तपुर म्याङलुङ सडक-खण्डमा पनि अहिले तीब्र गतिमा काम भइरहेको जिल्ला समन्वय समितिका प्रमुख शिव प्रशाद ढुंगानाले जानकारी दिए ।

बसन्तपुर म्याङलुङ सडक-खण्डको २६ किलोमिटर उच्च स्तरको कालोपत्रे गर्नका लागि नेपाल सरकारले २ अर्ब ७ करोड रुपैयाँको ठेक्का निकालेर अहिले ३ खण्डमा निर्माण कम्पनीले सडकको निर्माण कार्यको जिम्मा लिएको छ ।

अहिले सडकको बेस बनाउने कार्य धमाधम भइरहेको मध्यपहाडी लोकमार्गका ईन्जीनियर मनिषमान शाक्यले जानकारी दिए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु