#

पूर्वराजाद्वारा यसपालि दशैँटीका प्रदान र शक्तिपीठहरूकाे दर्शन नहुने


पूर्वराजा ज्ञानेन्द्र शाहले यसपालिकाे दशैँमा सर्वसाधारण एवं शुभचिन्तकहरूलाइ दशैँ टीका नलगाउने जनाइएकाे छ । एक सूचना जारी गर्दै पूर्वराजामा निष्ठा राख्ने सर्वसाधारणहरूलाइ यसपाली काेराेना संक्रमणकाे जाेखिमका कारण टीका प्रदान नगरिने जनाइएकाे हाे ।

साथै नवरात्रि अवधिभर पूर्वाराजा शाहले कुनै पनि शक्तिपीठहरूकाे दर्शन नगर्ने पनि सूचनामा जनाइएकाे छ । उहाँले सनातन परम्पराकाे मूल्य-मान्यता कायम राख्दै सामान्य र सादगी ढंगले दशैं पर्व भने मनाउने जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु