#

बलात्कारीलाई कडा सजायको माग गर्दै झापाको बिर्तामोडमा प्रदर्शन


बिर्तामोड, १ कात्तिक । बलात्कारीलाई कडा सजायको माग गर्दै झापाको बिर्तामोडमा प्रदर्शन भएको छ ।

महिलाहरुको एक समूहले बिर्तामोड स्थित मुक्तिचोकमा बलात्कारीलाई मृत्युदण्ड होइन आजीवन काराबासको सजाय हुनु पर्ने भन्दै शनिबार बिहान प्रदर्शन गरेका हुन् । निधारमा कालोपट्टी बाँधेर कालो पोशाकमा उपस्थित महिलाहरुको समूहले मुक्तिचोकमा ‘बलत्कारी होस् तँ’ गीत गाउँदै÷नाच्दै विरोध प्रदर्शन गरिएको अभियानकर्मी प्रकृति न्यौपानेले बताइन ।

बलात्कारमा संलग्नलाई राज्य संयन्त्रले संरक्षण गर्न नहुने भन्दै उनीहरुले मृत्युदण्ड समाधान नभएको बताएका हुन् । मृत्युदण्ड दिइएका विश्वका अरु देशमा पनि बलात्कारका घटना नरोकिएको उदाहरण धेरै रहेको भन्दै उनीहरुले बलात्कारमा संमल्गनलाई आजीवन काराबासको सजाय हुनु पर्ने बताए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु