#

गाैरिगञ्जमा अब यस्ताे नियम लागू


ईलाका प्रहरी कार्यालय गाैरीगंजले दशैंकाे अवसरमा लाग्ने मेला वजार पुर्णरूपमा बन्द गर्ने निर्णय गरेकाे छ ।

गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठसहित ईलाका प्रहरी कार्यालय गाैरीगंजकाे परिसरमा आज बसेकाे सर्वपक्षिय बैठकले मेला बजार बन्द गर्ने निर्णय गरेकाे हाे ।

चाडपर्वका समयमा मंदिरा जन्यपदार्थ वेचविखन गर्ने पसलहरू वेलुका ८.३० बजेसम्म मात्र खाेल्न पाउने वैठकले निर्णय गरेकाे छ ।

त्यसैगरी दशैंलाई लक्षित गर्दै प्रहरी कार्यालयले अबैध मदिरा उत्पादन तथा विक्री वितरण नगर्न, मदिरा सेवन गरेर सवारी नचलाउन, पटाका तथा आतसवाजीहरुको ओसारपसार नगर्न नगराउन, जुवा तास तथा डायस जस्ता गतिविधि पुर्णरूपमा राेक लगाउने, धार्मिक, सामाजिक तथा साँस्कृतिक सदभाव विथोल्ने किसिमका गतिबिधिहरु नगर्न, विभिन्न संघ संगठन तथा संस्थाहरुले गर्ने शुभकामना आदनप्रदान जस्ता मानिस जम्मा भएर गरिने कार्यक्रमहरु नगर्न पनि सूचित गरेको छ ।

धार्मिक शक्ति पिठहरुमा नित्य पूजामा समेत भिडभाड नगरी भाैतिक दुरी कायम गरी धार्मिक पुजापाठ गर्ने निर्णय भएकाे ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरीक्षक राकेश रेग्मीले जानकारी गराएका छन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु