जीवनशैली

सट्टेबाजी खेलाउने ३ जना पक्राउ


      २०७७ कार्तिक ४, मंगलवार १४:३४

झापा, ४ कार्तिक । मोरङको विराटनगर–१६ स्थित भट्टीमोडबाट ठुलो रकमको बाजी राखी जुवा वा सट्टेबाजी खेल खेलाउने ३ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा विराटनगर–१६ का ३७ बर्षीय पुरूषोत्तम साह र ३५ बर्षीय मन्जित साह तथा विराटनगर–१५ का २८ बर्षीय अपजर अली रहेका छन ।

पक्राउ परेका तिनै जनाले यूएईमा जारी इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा सट्टेबाजीको कारोबार गर्ने गरेको विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई सोमवार राती पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट नगद २८ हजार ५ सय रुपैंया, ३ थान डायरी, ५ थान मोबाईल र १ थान को १८ प ६८८९ नम्बरको मोटरसाईकल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनीहरुले अनलाइनबाट कुन टिमको हारजीत हुन्छ भनि बाजी मार्नका लागि रकम कबोल गराई सट्टेबाजी खेल खेलाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ । पक्राउ परेका तिनै जनालाई कानुनी कारबाही अगाडी बढाईएकोे छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु