जीवनशैली

यस बर्षको टीका कात्तिक १० गते बिहान १० बजेर १९ मिनेट शुभ साईत


      २०७७ कार्तिक ४, मंगलवार १४:४३

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसबर्षको टीकाको शुभसाईत निर्धारण गरेको छ । गृहमन्त्रालय मार्फत जानकारी गराइएअनुसार यसपालीको टीका कात्तिक १० गते बिहान १० बजेर १९ मिनेटका जाँदा लगाउनु उत्तम रहेको छ ।

बिगतका बर्षका दशैँभन्दा यसबर्षको टीकाको समय छिटो जुरेको पञ्चाङ्ग निर्णयक समितीले जनाएको छ । यसबर्षको घटस्थापनाको दिन चित्रा नक्षत्र परेका कारण टीकालाई नै असर गरेको समितीको भनाइ छ । सोही नक्षत्रका कारण यसबर्ष देवी बिसर्जन गरेको ८ मिनेटमै टीकाको साइत जुराउनुपरेको समितीको भनाइ छ ।

यसअघि देवीको बिसर्जन गरेपछि ३० देखि ४५ मिनेटपछि मात्रै टीकाको साईत जुर्ने गर्दथ्यो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु