जीवनशैली

ग्वाल्डुब्वा बजार क्षेत्रमा सरसफाई


      २०७७ कार्तिक ६, बिहीबार १८:३५

गाैरादह ६, कार्तिक / ग्वाल्डुब्वा युवा समूहले ग्वाल्डुब्वा बजार क्षेत्रमा सरसफाई तथा संचेतना मुलक कार्यक्रम सम्पन्न गरेकाे छ ।

गौरीगंज इलाका प्रहरी प्रमुख राकेश रेग्मीकाे प्रमुख आतिथ्यतामा आज विहान भएकाे कार्यक्रममा मास्क समेत वितरण गरिएकाे छ ।
ग्वालडुब्बा युवा समुहका अध्यक्ष भाेला चक्रवतीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा ग्वाल्डुब्वा युवा समुहका सह- सचिव प्रकाश चुडालले युवा समुहकाे औचित्य तथा कार्यक्रमकाे बारेमा प्रकाश पार्नुकाे साथै अतिथिलगायत सहभागीहरूलाई विजयादशमी, तिहार तथा छठ पर्वकाे शुभकामना मन्तव्य व्यत्त गरेका थिए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु