अर्थ

अबैध रुपमा भन्सार छली गरी ल्याएको सामान बरामद


      २०७७ कार्तिक ६, बिहीबार १८:४६

मोरङ,कात्तिक-६ गते ।
अबैध रुपमा भन्सार छली गरी लुकाई छीपाई ल्याएको करिव ६ लाख मुल्य बराबरको सामानहरु जिल्ला प्रहरी कार्यालय मोरङले बरामद गरेको छ ।
हिजो विभीन्न समयमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत समेतबाट गस्तीमा खटिएको प्रहरी टोलीले करिव ६ लाख मुल्य बराबरको खाधान्न तथा विभिन्न किसिमका लत्ता कपडाहरु बरामद गरी भन्सार कार्यालयमा बुझाएको हो ।
भारतिय सिमा एरियाहरुमा खटिएको प्रहरी टोलीले २ लाख ७८ हजार ४ सय मुल्य बराबरको सामानहरु बरामद गरेको हो भनि विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर घाँसचौक स्थितबाट ३ लाख २१ हजार ६ सय मुल्य बाराबरको लत्ता कपडाहरु बरामद गरेको हो ।
प्रहरीले भारत जोगबनी घर भएका २२ बर्षीय किसन कुमार रायलाई समेत पक्राउ गरेको छ । जोगबनी बस्दै आएका रायले विराटनगर स्थित घाँसचौकमा सटर भाडामा लिएर अबैध रुपमा भन्सार छली गरी लत्ता कपडा ल्याई लुकाई छीपाई स्टोर गरी राख्दै आएका थिए । उनलाई हिजो बेलुका सवा ८ बजे उनैले भाडामा लिएको सटरबाटै ३ लाख २१ हजार ६ सय मुल्य बाराबरको लत्ता कपडा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु