जीवनशैली

प्रधानमन्त्रीकै निर्वाचन क्षेत्रमा नेकपाकै कार्यकर्ता असन्तुष्ट, पार्टी परित्याग गर्दै राप्रपा प्रबेशको लहर


      २०७७ कार्तिक ७, शुक्रबार ०९:१५

गौरादह – प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा पछिल्ला दिनहरुमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गर्नेको संख्या उच्च देखिन थालेको छ ।
केहि दिन यता झापामा राप्रपा प्रबेशको लहर चलेको देखिन्छ । राप्रपाका महामन्त्री तथा संघीय सांसद राजेन्द्र लिङ्देनकै सक्रियतामा यतिबेला झापामा नेकपा तथ अन्य पार्टी परित्याग गरि राप्रपामा प्रबेश गर्नेको लहर चलिरहेको पाईएको छ ।
यसै क्रममा झापाको गौरादह नगरपालिका वडा नं. ७ बाट विभिन्न दल परित्याग गरि २ सय जना व्यक्तिहरु राप्रपामा प्रवेश गरेका छन् । स्थानीय त्रिबेणी चोकमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रमका अवसरमा नव प्रवेशीहरुलाई स्वागत गरिएको हो ।
सो अवसरमा महामन्त्री तथा संघीय सांसद राजेन्द्र लिङ्देनले प्रमुख अतिथिको रूपमा विचार व्यक्त गर्दै नव प्रवेशीहरुलाई स्वागत तथा सम्मान जनाएका थिए । राष्ट्रव्यापी रूपमा राप्रपा प्रवेशको लहर चलेको बताए । कांग्रेस र कम्युनिस्ट बाट नेपाली जनता आजित भएको भन्दै उनले दुई दल बिच भएको एकीकरणबाट राप्रपामा जनविश्वास बढ्न थालेको जिकिर गरे ।
राप्रपाका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य लक्ष्मी संग्रौलाको अगुवाईमा ग्वालडुब्बामा पार्टी प्रबेश हुनेहरुको स्वागत गरिएको थियो । संग्रौला सो स्थानका स्थानीय बासिन्दा समेत हुन् ।
पार्टीमा नब प्रबेशीका रुपमा प्रबेश गरेकी स्थानीय तारा बुढाथोकीले पार्टी प्रबेश कार्यक्रममा बोल्दै आफु लामो समय तत्कालिन एमालेको सक्रिय राजनीतिमा लागेको भएपनि वर्तमान सरकारको नेतृत्व गरिरहेको नेकपाले जनभावना अनुरुप कुनै पनि काम गर्न नसकेको भन्दै जनताको सेवा गर्न नसक्ने पार्टीमा बसिरहनुको औचित्य नदेखेकाले पार्टी परित्याग गरि राप्रपामा प्रबेश गरेको बताईन ।
स्मरणीय त यो छ कि कुनै बेला झापाको निर्वाचन क्षेत्र नम्बर ६ का रुपमा रहेको सो क्षेत्रबाट पटक पटक वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव जितेका थिए । यस्तै हाल झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा पर्ने यो क्षेत्रबाट राप्रपामा प्रबेश गर्नेहरु मध्ये ९८ प्रतिशत नेता कार्यकर्ता नेकपा परित्याग गरि राप्रपामा गएका हुन् ।
पार्टी प्रबेश तथा सुभकामना आदनप्रदान कार्यक्रममा केन्द्रिय सम्पादन समितिका सदस्य लक्ष्मी सङग्रौला, झापा जिल्ला अध्यक्ष अम्बर बहादुर बिष्ट लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु