जीवनशैली

आइतबार देशका धेरैजसो ठाउँको मौसम सफा


      २०७७ कार्तिक ९, आईतवार ०९:१४

आइतबार देशका धेरैजसो ठाउँको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठाउँको मौसम भने आंशिकदेखि सामान्य बदली हुने मौसमविद्ले बताएका छन् ।

मौसमविद् गङ्गा नगरकोटीका अनुसार आइतबार प्रदेश १ का केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । यस्तै, गण्डकी प्रदेश र वाग्मती प्रदेशका केही ठाउँको मौसम पनि बदली हुने सम्भावना रहेको उहाँले बताउनुभयो । देशका अरु बाँकी ठाउँको भने मौसम सफा रहनेछ ।

दशैँमा पानी पार्ने प्रणाली विकसित हुने अवस्था नरहेकाले मौसम घमाइलो हुने मौसमविद्ले बताएका छन् । दिउँसाेको समयमा घाम लागेर गर्मी हुन थाले पनि बिहान र बेलुकाको समयमा चिसो बढेको छ ।

आइतबार काठमाण्डौको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु