जीवनशैली

नेपालमा मंगलबार ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि


      २०७७ कार्तिक ११, मंगलवार १८:४४

नेपालमा मंगलबार ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १६८ जनाले कोरोना जितेका छन् भने १४ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार नेपालका कुल संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ। जसमध्ये १ लाख १८ हजार ८४३ जना डिस्चार्ज भएका छन् भने ४० हजार ६८१ जना सक्रिय संक्रमित रहेका छन्। मंगलबार १४ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८७६ पुगेको छ। अहिले दुई हजार ९३२ जना क्वारेन्टिनमा छन्। पछिल्लो २४ घण्टामा दुई हजार ७२५ जनाको पीसीआर परीक्षण गर्दा २२१ महिला र ३५९ पुरुष गरेर ५७० जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार २४ घण्टामा उपत्यकामा मात्र २५२ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये १५५ पुरुष र ९७ महिला रहेका छन्।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु