जीवनशैली

मुख्य लोकमार्गमा काल बन्दै छाडा चौपाया/कसै गरेपनि नियन्त्रण हुन सकेन


      २०७७ कार्तिक १३, बिहीबार १३:२९

झापा — पूर्वपश्चिम लोकमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका ५ पाडाजुङीदेखी पूर्वमा कन्काई नगरपालिकाको सिमानासम्म पशु चौपयाका कारण दुर्घटना अधिक हुने गरेको छ । सो क्षेत्रमा बिहान ९ बजेदेखी ११ बजेसम्म र बेलुकाको समयम सडकमै पशु चौपायाको भिड भईदिनाले समस्या निम्तिरहेको छ ।
चरनका लागि लोकमार्ग नजिकका क्षेत्रमा जथाभावी पशु चौपाया छाड्ने गरेका कारण सो समयमा सवारी चलाउन समस्या हुने गरेको सवारी चालकहरु गुनाशो गर्छन । दमकका हलुका सवारी चालक गणेश गौतमले भने, “बिहानको ९ बजेपछि त त्यो सडकखण्डमा सवारी चलाउन समस्यै समस्या हुन्छ । यहाँ धेरै पटक भएका दुर्घटना यिनै पशु चौपायाका कारणले भएको हो” ।
बेलुका पनि ३ देखि ६ बजेसम्म मुख्य लोकमार्गमा पशुचौपायाको भीडनै हुने गरेको छ । समस्या एक दुई बर्ष अगाडीदेखीको भने हैन । यो समस्या बर्षौ अघिदेखीको हो । तर यसको नियन्त्रण अझै हुन सकेको छैन । बिशेष गरि जाडो याममा बाक्लो हुस्से लागेका बेला थप समस्या हुने र पशु चौपायाकै कारण बढि दुर्घटना हुने गरेको धरान बिराटनगर रुटमा बर्षौदेखी सवारी चलाउँदै आएका सवारी चालक धनबहादुर सिलवाल गुनाशो गर्छन ।
यस सडक खण्डमा हुने अधिकांश सवारी दुर्घटना छाडा रुपमा छाडिएका पशु चौपायाकै कारणले हुने गरेको कमल गाउँपालिकास्थित केर्खाका स्थानीय समेत रहेका सञ्चारकर्मी उमानाथ भण्डारी बताउँछन् । उनका अनुसार स्थानीयले पशुको गोठालै नलागी छोड्ने गरेका कारण दुर्घटना बढेको हो । प्रहरीले पटक/पटक पशुचौपाया छाडा नछोड्न निर्देशन दिएपनि अटेर गरेको उनले बताए ।
पशुचौपाया धनीले हेलचेक्राइ गर्दपनि समस्या बढेको ट्रफिक प्रहरीको भनाइ छ । सडकमा सवारीको भीड लागेको बेला स्थानीयले सडक पार गर्नका लागि पशुचौपाया छाड्ने गरेको गौरीगञ्ज काकडभिट्टा रुटका बस चालक दिलनाथ कटुवालले बताए । उनका अनुसार स्थानीयले सडक आसपासमा पशुचौपाया छाड्ने र पशुचौपाया हेरचाहकालागि गोठालो पनि नबस्दा दुर्घटनाको जोखिम झन् बढेको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु